काठमाडौँ || प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि  पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने सहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ  शालिकराम पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका थिए । प्रहरीले पक्राउ गरेपछि रमेश प्रसाईले रबि लामिछाने पक्राउ परेपछि आक्रोशित हुँदै सारा नेपालीलाइ भने अब के गर्ने ?

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here